Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्कुल बिदामा घर आएका बालकको खेतको आलीबाट लडेर मृत्यु

स्कुल बिदामा घर आएका बालकको खेतको आलीबाट लडेर मृत्यु


  • 988
    Shares

    स्कुल बिदामा घर आएका बालकको खेतको आलीबाट लडेर मृत्यु
    images

    काठमाडौं । नुवाकोटको भद्रुटारका एक बालकको खेतको आलीबाट लडेर ज्यान गएको छ । पन्चकन्या गाउँपालिका-५ भद्रुटारका बालकको आफ्नै खेतको आलीबाट लडेर ज्यान गएको हो ।

    स्थानीय ११ वर्षीय बालक मनिष गिरी  घरनजिकैको खेतको आलीबाट लडेर गम्भीर  घाइते भएका थिए । उनको टोखास्थित  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छिमेकी दीपक कार्कीले जानकारी दिए । 

    मृतक बालक काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी विद्यालयको कक्षा पाँचका विद्यार्थी हुन्। उनी स्कुल विदाको समयमा घर आएका थिए। उनका बाबु उद्धव गिरी वैदेशिक रोजगारीका क्रममा साउदीमा छन्। आमाको १० वर्ष अगाडि भूकम्पमा परी ज्यान गएको परिवारजनले बताएका छन्। 

    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - १२:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij