Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कहिलेदेखि बस्ने साउने सोमबारको व्रत ?

कहिलेदेखि बस्ने साउने सोमबारको व्रत ?


  • 1.6K
    Shares

    कहिलेदेखि बस्ने साउने सोमबारको व्रत ?

    चान्द्रमानको पात्रोअनुसार सोमबारदेखि साउने सोमबार व्रत शुरु हुँदैछ। चान्द्रमानको पात्रोअनुसार गत शुक्रबारदेखि श्रावण महिना लागिसकेको छ। धर्मशास्त्री प्राडा देवमणि भट्टराईका अनुसार सोमबार व्रत शुरु गर्न सकिनेछ।

    सौरमासको पात्रोअनुसार भने बिहीबार साउन लाग्दैछ। त्यसअनुसार साउन ५ गते पहिलो सोमबार परेको छ।

    भट्टराईका अनुसार चान्द्रमानको पात्रोअनुसार व्रत बस्नेले असार ३० गते र साउनको ५, १२ तथा १९ गते व्रत बस्न सक्नेछन्। सौरमानअनुसार भने साउनको ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन्।

    दुवै प्रकारका व्रत प्रचलनमा भए पनि चान्द्रमानको पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिन उपयुक्त हुने भट्टराई बताउँछन्।

    साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।

    images
    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - ०७:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij