Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पोखरामा आज थप १९१ जनामा कोरोना संक्रमण, आठको मृत्यु

पोखरामा आज थप १९१ जनामा कोरोना संक्रमण, आठको मृत्यु


  • 5.1K
    Shares

    पोखरामा आज थप १९१ जनामा कोरोना संक्रमण, आठको मृत्यु

    पोखरा । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणले भयावह रुप लिइरहेको छ । कोरोना संक्रमणको हटस्पट बनेको पोखरामा मात्रै आज थप १९१ जनामा संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १०१ जना तथा लाइफ केयर डाइग्‍नस्टिकमा गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो ।


    त्यसैगरी पोखराका ५ सहित थप ८ जना संक्रमितको उपचारका क्रममा पोखराका विभिन्‍न अस्पतालमा ज्यान गएको छ । पोखराका ५ तथा पर्वत दाङ र रुपन्देहीका ११ जना संक्रमितको पोखरामा ज्यान गएको हो ।

    पोखराका १९१ सहित गण्डकी प्रदेशभर आज कुल २३५ जनामा संक्रमण पुष्टि भएको छ जससँगै कुल संक्रमितको संख्या १८ हजार ८९६ पुगेको छ ।

     

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १५:४९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij