Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु

संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु


  • 7.1K
    Shares

    संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु

    कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।   धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको  आज अपराह्न मृत्यु भएको हो ।

    कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई  शनिबार अस्पताल भर्ना गरिएको थियो ।  कोरोना परीक्षण गराउँदा  रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको  निधन भएको उनका  श्रीमान् मोतीलालले बताए ।

    कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य रहेकी थिइन् । रासस

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १५:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij