Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रीको ‘घुस डिल’बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

मन्त्रीको ‘घुस डिल’बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ


  • 1.1K
    Shares

    • images
    मन्त्रीको ‘घुस डिल’बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

    काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।  

    बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

    शर्माले भनिन्,,‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो रु,’ ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’

    यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग समेत उनले गरिन् । 

     

    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १४:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij