Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय

अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय


  • 1.4K
    Shares

    • images
    अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने भएको छ ।

    त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको हो ।

    रजिस्ट्रार केदारप्रसाद रिजालले भने, ‘त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको छ,’ ।

    ४०० प्राध्यापकले गरे अध्ययन बिदाको दुरुपयोग, त्रिविलाई २ अर्ब क्षति ५ वर्ष अध्ययन बिदा लिने, सो अवधिसम्म तलबभ भत्ता पनि खाने अन्तिममा शिक्षक कर्मचारी सेवामा नफर्किने गरेको पाइएको छ ।

    बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम उठ्ने त्रिविको अनुमान छ । यो रकमलाई त्रिविले आर्थिक स्रोतको रुपमा लिएको छ । नफिर्कने शिक्षक कर्मचारीलाई कारबाही पनि सुरु गरिएको त्रिविले जााकारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - ११:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij