Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बेलझुन्डी अस्पतालमा अक्सिजन अभाव भएपछि ४० बिरामीको ज्यान जोखिममा

बेलझुन्डी अस्पतालमा अक्सिजन अभाव भएपछि ४० बिरामीको ज्यान जोखिममा


  • 7.1K
    Shares

    बेलझुन्डी अस्पतालमा अक्सिजन अभाव भएपछि ४० बिरामीको ज्यान जोखिममा

    दाङ ।  दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ। अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभाव भएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको बताए । 

    अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएकाले उनीहरुको ज्यान जोखिममा परेको हो ।  

    ‘अक्सिजन सकिन लागेपछि शनिबार रातीदेखि नै हामीले अक्सिजन उपलब्ध गराउन अनुरोध गरे पनि अहिलेसम्म कतैबाट व्यवस्था हसन सकेको छैन,’  अस्पतालका व्यवस्थापक वलीले भने, अहिले अस्पतालमा अक्सिजन पुरै सकिएको छ । अक्सिजनमा राखेर उपचार गराइरहेका बिरामी बचाउन गाह्रो भइरहेको छ ।’

    बेलझुण्डी अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या थप गरिएको थियो । शय्या विस्तार भए पनि अक्सिजन नभएपछि नयाँ बिरामी भर्ना गर्न नसकिएको उनले बताए ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १४:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij