Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज काठमाडौँसहित २७ जिल्लामा बाढीको ‘मध्यम जोखिम’

आज काठमाडौँसहित २७ जिल्लामा बाढीको ‘मध्यम जोखिम’


  • 1.5K
    Shares

    आज काठमाडौँसहित २७ जिल्लामा बाढीको ‘मध्यम जोखिम’

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २७, शुक्रबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

    महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ।

    जिल्लाका हिसाबले बारा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

    साथै आज संखुवासभा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, जाजरकोट, कालिकोट र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ। 

    अत: ती जिल्लाका खोला/नदी क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

    हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको बुलेटिन:

    b_LPkWALhCAu.jpgb-1_5jxj9moW0x.jpg

    images
    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - ०८:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij