Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौंमा कोरोना संक्रमितका लागि ११९५ बेड थपिँदै, कुन अस्पतालमा कती ?

काठमाडौंमा कोरोना संक्रमितका लागि ११९५ बेड थपिँदै, कुन अस्पतालमा कती ?


  • 5.8K
    Shares

    काठमाडौंमा  कोरोना संक्रमितका लागि ११९५ बेड थपिँदै, कुन अस्पतालमा कती ?

    काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी बेड थप्ने तयारी गरेको छ। 

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ११९५ बेड थप गर्न लागिएको जानकारी दिएको छ।

    यसअघि मन्त्रालयले २२ जिल्लामा कोभिड–१९ को संक्रमण भयावह भएको र बेड उपलब्ध गराउन सम्भव नरहेको विज्ञप्ति जारी गरेको थियो।

    मन्त्रालयको चर्को आलोचना भएपछि मन्त्री हृदयेश त्रिपाठीले सरकार जनताको उपचारका लागि प्रतिवद्ध रहेको र आइतबार नै कोभिड–१९ संक्रमितका लागि काठमाडौं उपत्यकामा १ हजार बेड थप गरिने जनाएका थिए। 

    मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५० बेड थपिँदैछन् भने पाटन अस्पतालमा पनि ३५० बेड थपिनेछन्। कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २५० बेड, जनमैत्री अस्पतालमा १२० बेड, सुरेश वाग्ले क्यान्सर अस्पताल महाराजगन्जमा १ सय बेड र मानसिक अस्पतालमा २५ बेड थपिनेछन्।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १४:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij