Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आइसीयू अभावकै कारण कोरोना संक्रमित नेपाली सेनाका जवानलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

आइसीयू अभावकै कारण कोरोना संक्रमित नेपाली सेनाका जवानलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो


  • 7.5K
    Shares

    आइसीयू अभावकै कारण कोरोना संक्रमित नेपाली सेनाका जवानलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

    दार्चुला । कोरोना संक्रमण पुष्टि भइ अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट एकजना नेपाली सेनाका नायकलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।जिल्ला अस्पताल दार्चुलामा आइसीयू नभएका कारण उनलाई काठमाडौं रेफर गरिएको हो ।

    काठमाडौंमा नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ती जवानको शरीरमा सामान्य अवस्थामा हुनुपर्ने अक्सिजनको मात्रा निकै कम भएपछि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए।

    उनका अनुसार  वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो।अस्पतालकै आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिदै गएपछि आइतबार रेफर गरिएको हो । 

    उनको शरीरमा अहिले अक्सिजनको मात्रा ६२ र ६३ मात्रै रहेको छ। मानिसको शरीरमा सामान्यतया अक्सिजनको मात्रा ९५ हुनुपर्छ । दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १३:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij