Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन (नामावलीसहित)

थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन (नामावलीसहित)


  • 2.1K
    Shares

    थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन (नामावलीसहित)

    काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

    नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।

    गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् ।

    ‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ बुढामगरले भने, ‘आजै रातिसम्म मात्रै भुक्तानीको समय छ । पालिकालाई समस्या परेको छ ।’

    साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएको उनले बताए ।

    सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए ।

    उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।

    ‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।

    उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।

    उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।

    यी हुन् सम्पर्कविहीन भएका कर्मचारीहरू:

    १) हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत

    २) हरिश माझी, सहायक प्रशासन पाँचौ

    ३) यज्ञ प्रसाद कडेल, सह–लेखापाल

    ४) चन्द्र प्रकाश ओली, सव–इन्जिनियर

    ५) निशा आचार्य, सव–इन्जिनियर

    ६) शिव कुमार वली, खा.पा.स.टे

    ७) प्रदिप के.सी., सवारी चालक

    thabang.jpg

    images
    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - ०६:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij