Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

इरान र प्यालेस्टाइनमाथि आक्रमणविरुद्ध १२ दलले विरोध प्रदर्शन गर्ने

इरान र प्यालेस्टाइनमाथि आक्रमणविरुद्ध १२ दलले विरोध प्रदर्शन गर्ने


  • 1.7K
    Shares

    इरान र प्यालेस्टाइनमाथि आक्रमणविरुद्ध १२ दलले विरोध प्रदर्शन गर्ने

    काठमाडौं ।  प्यालेस्टायन तथा इरानमाथिको आक्रमण र जनसंहारका विरुद्ध असार २७ गते १२ राजनीतिक दलहरूले राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे रत्नपार्कबाट जुलुस सुरु गर्ने र ३ बजे भृकुटीमण्डपमा सभामा परिणत हुनेछ ।

    नेकपा ९माओवादी केन्द्र० का नेता कुमार पौडेलले जानकारी दिए । गत शुक्रबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विभिन्न दलहरूको संयुक्त बैठकले अमेरिकी र इजरायली आक्रमणको भर्त्सना गर्दै संयुक्त जनप्रर्दशन गर्ने निर्णय गरेको थियो ।

    विरोध प्रदर्शनलाई माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी नेपाल, राष्ट्रिय जनमर्चा, जनता समाजवादी पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा ९बहुमत०, देशभक्त समाजवादी स्कुल र संवाद डबलीले ऐक्यबद्धता जनाएको छ ।

    विरोधसभालाई माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपाका अध्यक्ष महिन्द्र राय यादव, राजमोका अध्यक्ष चित्रबहादुर केसी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सिपी गजुरेल लगायत नेताहरूले सम्बोधन गर्ने पौडेलले बताए ।  

    कार्यक्रमका नाराहरूमा साम्राज्यवादी युद्ध बन्द गर । विश्व शान्ति कायम गर, प्यालेष्टाइनमाथिको आक्रमण र जनसंहार तथा इरानमाथिको हमला बन्द गर लगायत तय गरेको छ ।

    nara_Dk8x923nKZ.png

     

    images
    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १६:१९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij