Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

खोलामा बाढीको जोखिम बढेपछि कास्कीको ग्रामीण सडकमा सवारी सञ्चालन गर्न समय निर्धारण

खोलामा बाढीको जोखिम बढेपछि कास्कीको ग्रामीण सडकमा सवारी सञ्चालन गर्न समय निर्धारण


  • 1.3K
    Shares

    • images
    खोलामा बाढीको जोखिम बढेपछि कास्कीको ग्रामीण सडकमा सवारी सञ्चालन  गर्न समय निर्धारण

    काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय तोकिएको छ ।

    बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका समय तोकिएको हो। 

    असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । बर्सातको समयमा हुन सक्ने सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय बुधबार जारी सूचनामा उल्लेख गरीएको छ । 

    अब अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउने छन्  । बैठकले विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू साँझ ५ बजेभित्र छुटि सक्नु पर्ने छ  भने  घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले भने बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउने छन् । 

    यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले साँझ साढे ४ बजेभित्र प्रस्थान विन्दु छाडि सक्नु पर्ने छ भने ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र चल्न पाउने छन् । 

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १२:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij