२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासीका एक युवकको समुद्रमा डुबेर मृत्यु भएको छ। पौडी खेल्ने क्रममा २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको हो।
स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिएका छन् ।
न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij