Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्य बिमाबाट अब २ लाखसम्मको उपचार सुविधा

स्वास्थ्य बिमाबाट अब २ लाखसम्मको उपचार सुविधा


  • 1.4K
    Shares

    • images
    स्वास्थ्य बिमाबाट अब २ लाखसम्मको उपचार सुविधा

    काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले अब २ लाखसम्मको उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म १ लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरे।

    आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले ८  प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताए । ‘कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ,’ फेसबुकमा उनले लेखेका छन्।

    अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले २ लाखसम्मको उपचार सुविधा पाउनेछन्।

    यसअघि सरकारले बिमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बिमा सुविधा विस्तार गर्ने निर्णय गरिसकेको छ। रासस

     

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १०:५०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij