Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमितको मृत्यु


  • 6.1K
    Shares

    गण्डकी प्रदेशमा  थप  ८ जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होमआइसोलेसनमा रहेका एक संक्रमितको मृत्यु भएको हो।

    जसमा पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुषको शनिबार होमआइसोलेसनमा निधन भएको हो।

    पोखरा २६ की ५८ वर्षीया महिलाको शनिबार राति मणिपाल अस्पतालमा, पर्वत कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा, दाङ राप्ति गाउँपालिका ५ का ४३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा, पोखरा महानगरपालिका १६ की ७३ वर्षीया महिलाको मेडप्लस अस्पतालमा, पोखरा १० की महिलाको मेडिप्लसमा, पोखरा १९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा र रुपन्देही बुटवल उपमहानरपालिका ३ का ७५ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा निधन भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ।

    gandaki_corona_update19.jpg

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १३:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij