Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

दाङमा पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव फेला

दाङमा पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव फेला


  • 5.4K
    Shares

    दाङमा पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव फेला

    दाङ । तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखिएको भारतीय नम्बरको कार, जसभित्र शनिबार राति ३ बालकको शव फेला परेका छन् ।

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, स्थित स्याउली बजारमा पार्किङ गरिराखिएको भारतीय कारभित्र भेटिएका ३ शव स्थानीय बालकको भएको पत्ता लागेको छ ।

    शनिबार राति भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र ३ वटा शव भेटिएको भन्ने खबर आएपछि प्रहरी टोली पुगेर हेर्दा तीनै जना बालक र उनीहरू एकै टोल– तुलसीपुर उपमहारनगपालिका वडा नम्बर ६ कै बरुवा गाउँका भएको खुलेको हो ।

    दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द्रप्रसाद रिजालले दिएको जानकारीअनुसार कारभित्र मृत फेला परेकाहरू तुलुसीपुर उपमहारनगपालिका वडा नम्बर ६, बरुवा गाउँका ९ वर्षीय सन्देश परियार, सोही ठाउँका ८ वर्षीय करण परियार र सोही स्थानका ७ वर्षीय सुवर्ण परियार हुन् । 

    एकै थर (परियार) भए पनि उनीहरू अलग–अलग परिवारका भएको डीएसपी रिजालले बताए । तीनै बालकका शव खुलै अवस्थामा कारका सिटमा थिए ।

    डीएसपी रिजालका अनुसार बालकका शरीरमा कुनै चोटपटक छैन भने हत्या हो वा अन्य किसिमको मृत्यु, अहिल्यै भन्न सकिने अवस्था छैन ।

    ‘शव सडेको, गन्हाएको अवस्थामा छ,’ आज बिहान डीएसपी रिजालले भने, ‘शव पोस्टमार्टका लागि अस्पताल पठाइएको छ, रिपोर्ट आएपछि केही खुल्ला ।’

    डीएसपी रिजालका अनुसार गाडी धनी पनि पहिचान भइसकेको छ तर अनुसन्धान जारी रहेकाले अहिल्यै खुलाउन मिल्दैन । ‘तपाईंहरूलाई हामी अलि पछि सबै जानकारी गराउँला,’ उनले भने ।

    डीएसपी रिजालका अनुसार ती बालकका अभिभावकले यही वैशाख १६ गते आफ्ना छोरा हराएको भन्ने उजुरी दिएको पाइएको छ ।

    ‘प्रहरीले खोजतलास जारी राखेको थियो,’ उनले भने, ‘यसै क्रममा हिजो (शनिबार) राति एक्कासि कारभित्र शव भेटिएको भन्ने खबर आयो ।’ जुन शव उनीहरूकै भएको पाइएको हो ।

    शव भेटिएको कार हालसालै नभएर माघदेखि नै त्यहाँ पार्किङ गरिराखिएको बुझिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १२:४८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij