Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

संक्रमण उच्च विन्दुमा पुग्न अझै २० दिन लाग्ने, खोप नलगाएकामा जोखिम बढी

संक्रमण उच्च विन्दुमा पुग्न अझै २० दिन लाग्ने, खोप नलगाएकामा जोखिम बढी


  • 5.7K
    Shares

    संक्रमण उच्च विन्दुमा पुग्न अझै २० दिन लाग्ने, खोप नलगाएकामा जोखिम बढी

    भारतमा चलिरहेको कोरोना संक्रमणको दोस्रो लहर मे महिनाको मध्यसम्ममा सबभन्दा उच्च विन्दुमा पुग्ने एक सर्वेक्षणले देखाएको छ ।

    एसबस्आई रिसर्चको पछिल्लो रिपोर्टअनुसार यसै महिनाको मध्यमा भारतको कोरोना संक्रमण सबभन्दा उच्च विन्दुमा पुग्ने देखिएको हो ।

    सबभन्दा उच्च विन्दुमा पुग्दा करिब ३६ लाख सक्रिय संक्रमित पुग्ने रिपोर्टमा भनिएको छ । हाल भारतमा करिब ३४ लाख सक्रिय संक्रमित रहेका छन् । पछिल्लो साता भारतमा ३ देखि ४ लाख हरेकदिन मानिस कोरोना संक्रमित भइरहेका छन् ।

    यसैबीच कोरोनाको दोस्रो लहरको चरम अवस्था मे महिनाको तेस्रो हप्तामै अन्त्य हुन सक्ने रिपोर्टमा भनिएको छ । यो समय दोस्रो लहरको सबभन्दा खराब अवस्था हुनेछ । कतिपय राज्यमा भने मे महिनाको दोस्रो सातामै सबभन्दा खराब अवस्था पार भइसक्नेछ ।

    रिपोर्टले पछिल्लो म्युटेन्ट भेरियन्ट खोप नलगाएका व्यक्तिमा जोखिमयुक्त रहेको देखाएको छ । भारतमा पछिल्लो समय ५० भन्दा कम उमेरका संक्रमितको ज्यान बढी गइरहेकाले ती उमेर समूहका व्यक्तिमा बढी जोखिम भएको हो । 

    ५० भन्दा कम उमेर समूहका थोरै मात्र मानिसले खोप लगाएका छन् । हाल भारतमा १८ देखि माथि उमेर समूहका मानिसलाई खोप प्रदान भइरहेको छ । तर खोपले लगाएको केही सातापछि मात्र काम गर्न थाल्ने भएकाले सो उमेर समूहका व्यक्तिमा बढी जोखिम देखिएको हो ।

     

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १२:३०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij