Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चट्याङ् लागेर एक जनाको मृत्यु, दुई घाइते

चट्याङ् लागेर एक जनाको मृत्यु, दुई घाइते


  • 6.7K
    Shares

    चट्याङ् लागेर एक जनाको मृत्यु, दुई घाइते

    पाल्पा । पाल्पामा शनिबार रातिदेखि वर्षासँगै परेको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ् लागेर मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नं. १, कचल बस्ने १६ वर्षका प्रेमबहादुर बगाले रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय कचल बस्ने कर्णबहादुर उचाईको घरमा चट्याङ् परेको बेलामा घरमा बसेका प्रेमबहादुर गम्भीर घाइते हुनुभएको थियो । घाइते बगालेको तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गर्न ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

    चट्याङ् लागेर थप दुई जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ १, कचलका १५ वर्षीया इन्दिरा उचई र रैनादेवी छहरा गाउँपालिका वडा नं ४ घर भई हाल तिनाउ १ मै बस्ने रामु गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते दुबै जनाको अवस्था सामान्य छ ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १२:२६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij