२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । शरीरको जति महत्त्व रहेको छ त्यति नै दाँतको पनि रहेको छ। दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो।
दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यसकारण पनि मानव स्वास्थ्यका लागि दाँतको महत्त्व धेरै छ। दाँतले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्दत गर्दछ। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्तिने गरेका छन्। दाँतमा के कस्तो लापरबाहीले समस्या सिर्जना हुन्छ ? दाँतलाई कसरी सफा गर्ने ?
दाँत दुईपटक ब्रस गर्ने
फ्लोराइडयुक्त मन्जनले दिनमा कमसेकम दुईपटक ब्रस गर्नुपर्छ । फ्लोराइडले दाँतको इनामेल लाई जोगाउने काम गर्छ । किरा लाग्न दिदैंन ।
फल्स गर्ने
ब्रस गरे पछि दाँतको कुना काप्चामा खानेकुरा अड्किएको हुनसक्छ । त्यसैले, डेन्टल फल्स भन्ने धागो पाइन्छ । त्यसले निकाल्नु पर्छ । कम्तीमा एकपटक त गर्ने पर्छ ।
खानेकुराबाट स्टार्च हटाउने
स्टार्च भएको चिप्स र ब्रेड दाँतमा टासिएर बस्न सक्ने हुँदा यस्ता खानेकुराबाट सकेसम्म टाढा रहनु उचित हुन्छ । यसरी लामो समयसम्म टासिएर बस्दा ब्याक्टेरिया सलबलाउने मात्र हैन दाँतलाई खराब बनाउदै लान्छ ।
कुल्ला गर्ने बानी
खानेकुरा खाने बित्तिकै कुल्ला गर्ने बानी गरेमा पनि किरा लाग्ने जोखिम हुँदैन । यसले मुखमा जमेको फोहोरको कण हट्छ।
माउथवाश प्रयोग गर्ने
फ्लोराइडयुक्त माउथवाशले दाँतलाई बलियो पार्ने र किरा लाग्न बाट पनि सुरक्षा दिन्छ । चिकित्सकको सुझाव अनुसार प्रयोग गर्न सकिन्छ ।
पर्याप्त पानी पिउने
पानी पिउँदा मुखमा र्यालको उत्पादन बढ्छ । जसले अड्किएको खानेकुरा निकाल्न र एसिड धुन मद्दत गर्छ ।
नियमित परीक्षण
दाँतको समस्या सुरुवातमै हुनसकेमा दाँतको गम्भीर समस्याबाट गुज्रिन पर्दैन । त्यसैले, वर्षमा एकपटक सम्भाव भए दुई पटक दन्त स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij