२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता अवितरित हकप्रद शेयर आज असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।
कम्पनीले आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर बिक्रीमा राखेको हो।
जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ।
उक्त शेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ भने लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्ने छन्।
खरिद आवेदन दिँदा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिने छ।
शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन असार ३० गतेसम्म काठमाडौं ठमेलस्थित धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयका साथै सन नेपाल लाइफका काठमाडौंको पुतलीसडक, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा पेस गर्न सकिने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij