Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एएफसी क्वालफायर खेल

एएफसी क्वालफायर खेलेर स्वदेश फर्कियो महिला फुटबल टोली

एएफसी क्वालफायर खेलेर स्वदेश फर्कियो महिला फुटबल टोली


  • 1.2K
    Shares

    एएफसी क्वालफायर खेलेर स्वदेश  फर्कियो महिला फुटबल टोली
    images

    काठमाडौं  । एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन्।

    सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।

    एएफसी एसियन कप छनोटको अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित भएपछि एसियन कपमा छनोट हुने नेपालको मौका गुमेको थियो ।

    स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले एएफसी एसियन कप छनोट पार गर्न असफल भए पनि धेरै कुराहरू सिक्ने मौका पाएको बताइन् । माथिल्लो टिमसँग खेल्न पाउँदा थप अनुभव हासिल भएको उनको भनाइ छ ।

    उनले उज्बेकिस्तानसँगको निर्णायक खेलमा पनि २ गोलले पछाडि हुँदा पनि बेन्चको सपोर्टका कारण गोल फर्काउन सफल भएको जिकिर गरे । 

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - ११:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij