Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • 1.6K
    Shares

    गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्दै,  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं ।  गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    बिक्र प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रो पावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर, प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। 

    गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति कम्पनी हो । यो कम्पनी विसं २०७० चैत २४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ ।

    रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन-अफ-दि-रिभर प्रकारको चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । जुन आयोजनाले विसं २०७४ मंसिर २८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी सकेको छ ।

     

     

     

     

     

     

     

     

    images
    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - ११:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij