२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले विष्णुमती र धोबी खोलामा जल सतह बढ्दो क्रममा रहेको जानकारी दिएको छ।
विभागले आइतबार राति ९ः३५ बजे एक सूचना जारी गर्दै गोङ्गबुस्थित विष्णुमती नदी तथा धोबी खोला जल मापन केन्द्रमा हालको जल सतह सतर्कता तह नजिक पुगेको जनाएको हो।
नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपास बसोबास गर्ने नागरिक तथा नदी किनार भएर यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij