Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कैलाली अस्पतालमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु

कैलाली अस्पतालमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु


  • 5.0K
    Shares

    कैलाली अस्पतालमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु

    कंञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुरमा पनि कोरोना संक्रमणबाट थप तीनको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालमा उपचाररत तीन जनाको गएराति मृत्यु भएको हो ।

    संक्रमणबाट भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचाररत पुरुष बैशाख १६ गते अस्पताल भर्ना भएका थिए भने महिलाको दुई दिनदेखि ईमरजेन्सी वार्डमा अक्सिजन दिएर उपचार भइरहेको थियो ।

    यस्तै धनगढीको कैलाली अस्पतालको कोभिड वार्डमा उपचाररत कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका ३३ वर्षीया संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।  बैतडी घर भएर महेन्द्रनगरमा बस्दै आएका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - ११:२६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij