२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड-१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार १७ पुस २०८१ देखि १९ असार २०८२ सम्म नेपालका ३१ जिल्लामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । हालसम्म कोभिड-१९ का २४९ जनामा कोरोना संक्रमण देखा परेको छ ।
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड-१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड-१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए । उनले भने, सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड-१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।
कोभिड-१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न संक्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।
उनले कोभिड-१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन-आइसोलेसन’मा बस्न आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij