Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो


  • 1.5K
    Shares

    अण्डाको मूल्य बढ्यो
    images

    काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार, चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँसम्म बढाउने निर्णय भएको हो ।

    संघले असार २० गतेदेखि लागु हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढाएर ४९५ रुपैयाँ पुर्‍याएको छ । यसअघि गत जेठ १७ ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ पुर्‍याएको थियो ।

    त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट ३० रुपैयाँ बढाएर प्रतिक्रेट ४६५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४३५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले जानकारी दिए ।

    त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यही अनुरुप हाल बजारमा पाउँदै आएको अण्डाको मूल्य बढ्ने उनले बताए । 

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १८:३३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij