Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढ्यो, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै

स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढ्यो, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै


  • 2.0K
    Shares

    स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढ्यो, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (चैत मसान्तसम्म) मा ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । 

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको संख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । 

    मन्त्रालयको सार्वजनिक तथ्यांकले गत आर्थिक वर्षको तुलनामा समेत करदाता थपिने क्रम बढेको देखाएको । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यस वर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएको छे।

    चालु आर्थिक वर्षको चैतसम्ममा थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरूको छ  भने यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । 

    यस अवधिमा करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या ९१ हजार ७७३, स्थायी लेखा नम्बर ९डब्ल्यूप्यान० लिने १ हजार ८३९ र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४ लाख ८० हजार ७० ले बढेका छन्। 

    योसँगै बीप्यान लिनेको संख्या २० लाख ३५ हजार ८७४, डब्ल्यूप्यान लिनेको संख्या ३५ हजार १६७ र पीप्यान लिनेको संख्या ४७ लाख २८ हजार ७७४ पुगेको छ।

    images
    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - ११:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij