२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति दयाल मिश्र रहेका छन् ।
उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष रहेका थिए । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले बताएका छन् ।
मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं। २ बाट उम्मेदवार थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij