२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका छन् । बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको बताएका हुन् ।
‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतस् रोक्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन् । यद्यपि विधान महधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदाहरु तयार हुनै बाँकी रहेको छ ।
पोखरेलले भने, ‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’, ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij