२०८२ माघ ७ गते बुधवार
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौट नहुने अवस्थामा रहेका बीमितलाई आवश्यक कागजातसहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी बीमालेखअन्तर्गत आएका बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई अनुरोध आग्रह गरेको हो।
दाबी फर्छ्यौटका लागि बुझाउन बाँकी आवश्यक कागजात पेस गर्न कम्पनीबाट समय–समयमा टेलिफोन वा ई–मेलमार्फत ताकेता गर्दा पनि आवश्यक कागजात बुझाउन र पेस गर्न नआएको देखिन्छ’, सूचनामा भनिएको छ, ।
अबको ७ दिनभित्र बीमितले सम्बन्धित सर्भेयरलाई वा सीधै कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा आवश्यका कागजात नआएमा सम्बन्धित दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij