Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

तार्केश्वर ६ मा नगर अस्पताल बन्ने, नगर प्रमुखले गरे शिलान्यास

तार्केश्वर ६ मा नगर अस्पताल बन्ने, नगर प्रमुखले गरे शिलान्यास


  • 1.1K
    Shares

    तार्केश्वर ६ मा नगर अस्पताल बन्ने, नगर प्रमुखले गरे शिलान्यास
    images

    काठमाडौं । तार्केश्वर नगरपालिका- ६, स्थित धर्मस्थलीमा नगर अस्पतालको निर्माण हुने भएको छ।

    तार्केश्वर नगरपालिकाको १ करोड २६ लाख १८ हजार ५ सय २३ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त नगर अस्पतालको नगर प्रमुख कृष्णहरि महर्जनले आज शिलान्यास गरेका हुन्।

    नगर अस्पताल भवनको शिलान्यास गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले जतिसक्दो छिटो नगर अस्पतालको भवन निर्माण गरि नगरबासीहरूलाई स्वास्थ्य सेवा दिन आतुर रहेको बताए।  शिलान्यास गरिएको भवन निर्माण समाप्त भए लगतै ओपिडी सन्चालन गरिने नगर प्रमुख महर्जनले बताए।

    आगामी असोज मसान्तमा सम्पन्न गर्नेगरि उक्त नगर अस्पतालको गत बैसाखमा माहाबाई जगन्नाथ बिल्डर्स प्रा। लि। नवलपरासीसँग ठेक्का सम्झौता गरिएको थियो।

    IMG20250702083104-1024x768 (1).jpg

    उक्त शिलान्यास कार्यक्रममा नगर उप प्रमुख सिर्जना बुर्लाकोटी अर्याल, स्वास्थ्य प्रमुख बिनोद कुमार शाह, सोही वडाका कार्यवाहक वडाध्यक्ष रामचन्द्र घिमिरेसहित सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू साथै नगरपालिकाका कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

    WhatsApp Image 2025-07-02 at 11.54.44 AM (2).jpeg

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - ११:०४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij