Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, जिप चालक फरार

जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, जिप चालक फरार


  • 1.1K
    Shares

    • images
    जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, जिप चालक फरार

    कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

    भीमदत्त नगरपालिका- १५ गोबरियाका ४० वर्षीय दिपेन्द्र चन्दको दुर्घटनामा मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मंगलबार राति बेदकोट नगरपालिका दैजीस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०४–००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले विपरित दिशाबाट आउदै गरेको चन्दलाई ठक्कर दिएको थियो। 

    जिपले इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चन्द गम्भीर घाइते भएका थिए। उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिपधनी साहु बेदकोट नगरपालिका ३ सामादैजीका बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिप चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - ०७:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij