२०८२ चैत्र १ गते आइतवार
सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-७ का ६३ वर्षीय वीरबहादुर राईको कुटपिटबाट मृत्यु भएको छ ।
वैशाख १० गते राति १० बजे स्थानीय ४६ वर्षीय सन्तुराज राई र वीरबहादुर राईबीच सामान्य घरायसी विवाद हुँदा उनी घाइते भएका थिए । सन्तुराजले वीरबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।
प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि बाँसबारी न्युरो अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीले सन्तुराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij