Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ

नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ


  • 981
    Shares

    नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
    images

    काठमाडौं । प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार ११ गते बिहान ११:१५ बजे विराटनगर-१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेका थिए।

    गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरू उपर शरीर बन्धक बनाएर डाँका गरेको कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १३:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij