Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

राष्ट्रियसभाका पूर्वसांसद विदुरप्रसाद पौडेलको निधन

राष्ट्रियसभाका पूर्वसांसद विदुरप्रसाद पौडेलको निधन


  • 6.5K
    Shares

    राष्ट्रियसभाका पूर्वसांसद विदुरप्रसाद पौडेलको  निधन

    काठमाडौैं । संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा राष्ट्रियसभाका पूर्वसांसद विदुरप्रसाद पौडेलको आज बिहान निधन भएको छ । केही दिनअघि मतिष्कघात भएपछि काठमाडौं मेडिकल कलेजमा उपचाररत पौडेलको आज बिहान निधन भएको हो । 

    खोटाङवासी ७७ वर्षीय पौडेल लामो समय अध्यापन र नेपाली कांग्रेसको राजनीतिमा सरिक थिए । नव्य व्याकरणाचार्य, नव व्याकरणका अध्येता पौडेलले बाल्मिकीमा संस्कृत पढाएका थिए । कांग्रेस र प्रजातन्त्रका निम्ति पञ्चायतकालमा लामो समय संघर्ष गरेका थिए । प्रजातन्त्र पुनस्र्थापनापछि पौडेललाई कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

    कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालासँग भेटसँगै प्रभावित भएपछि २०१६ पछि कांग्रेस राजनीति होमिएका थिए । नेपाली कांग्रेस सम्पर्क समितिको सदस्य, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य हुँदै २०४६ को पञ्चायत व्यवस्थाविरोधी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । राजनीतिक अभियोगमा जेल जीवन र हिरासतमा परेका थिए ।

    नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीका शब्दमा, ‘बिदुर गुरु संस्कृतका विद्धान, खरो लोकतन्त्रवादी चिन्तक, विश्लेषक, तार्किक, सदाचरणका जीवन्त व्यक्ति हुनुहुन्यो । सानै उमेरदेखि बेग्लै स्वभाव मानिस धर्म, अध्यापन र राजनीतिक चिन्तनतिर बढी सक्रिय हुनुहुन्थ्यो ।’

    ज्ञवालीले पौडेलसँग लामो समय सँगै डेराको जीवन बिताएका थिए । ‘उता मलाई संस्कृत व्याकरण पढाउने गुरु हुनुहुन्थ्यो, यता डेराको जीवन सँगै बितायौं । उहाँ इमान, सदाचार, निर्भिकता, स्पष्टवादिताका पर्याय हुनुहुन्थ्यो । कसैसँग नडराउने शैलीको हुनुहुन्थ्यो । त्यसकारण पनि उहाँमा कडा र खरो स्वभाव झल्किन्थ्यो ।’

    पूर्व राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले पनि सामाजिक सन्जालमा श्रद्धेय गुरु पौडेलप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - १०:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij