२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ ।
सिंहदरबारमा आज सोमबार बसेको समिति बैठकले दुईजनाको सुनुवाइ गरेको छ । अघिल्लो दिन आइतबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरिएको थियो ।
प्रस्तावित सबैको सुनुवाइ भएपनि समितिबाट अनुमोदनबारे भने सोमबार निर्णय हुन सकेन । समिति सभापति ईश्वरीदेवी न्यौपानले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने बताइन् ।
त्यसअघि बैठकमा समिति सदस्यहरूले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई भावी कार्ययोजनाबारे प्रश्न गरेका थिए । थापाले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले हस्तक्षेप गर्न नपाइने बताइन् ।
समिति स्रोतका अनुसार सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलको सन्दर्भमा केही सांसदहरूले प्रश्न उठाएका थिए ।
प्रस्तावित न्यायाधीश भन्छन्, अनुचित प्रभाव, प्रलोभन र धम्की आउने अनुमान गर्न सक्छु । पोखरेलको राजनीतिक र व्यापारिक संलग्नताको विषयमा केही सांसदले कुरा उठाएका थिए ।
एमाले मुख्य सचेतक महेश बर्तौलाले सुनुवाइका क्रममा उनलाई न्यायाधीश बन्ने लाइनबाट अलग हुन सुझाव नै दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij