Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ

तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ


  • 1.0K
    Shares

    तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ
    images

    काठमाडौं । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् ।

    हत्या आरोप लागेपछि फरार रहेका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो। उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ ।

    प्रहरीका अनुसार  घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो । त्यसपछि  उनी फरार हुँदै आएका थिए ।

    पक्राउ परेकाविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - ११:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij