Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनआरएनए बेल्जियमको महाधिवेशन २७ जुलाईमा

एनआरएनए बेल्जियमको महाधिवेशन २७ जुलाईमा


  • 1.2K
    Shares

    • images
    एनआरएनए बेल्जियमको महाधिवेशन २७ जुलाईमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको १२औँ महाधिवेशन जुलाई २७ मा हुने भएको छ।

    आइतबार लुभेनस्थित होटल मालोनमा संयोजक लोकेन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको संघका महासचिव रुविना शर्माले जानकारी दिइन्।

    बैठकले एनआरएनए अन्तर्राष्ट्रिय परिषद्को परिपत्र अनुसार अधिवेशन सम्पन्न गर्न लोकेन्द्र नेपालको संयोजकत्वमा समिति गठन गरिएकोमा स्वागत गरेको छ। साथै, आगामी दिनमा एकताबद्ध भएर जुनसुकै चुनौती सामना गर्दै जाने निर्णय पनि गरेको छ।

    त्यसैगरी बैठकले सदस्यता वितरणसम्बन्धी निर्णय पनि गरेको छ। जसअनुसार एमआईएस प्रणालीमार्फत जुलाई १४ तारिख राति १२ बजेसम्म सदस्यता वितरण गरिनेछ। सदस्यता शुल्क ५ युरो कायम गरिएको छ।

    बैठकले एमआईएस प्रणालीप्रति देखिएको असहमति र संस्था बाहिर रहने तयारीमा रहेका वा अहिलेसम्म आबद्ध हुन छुटेका सबै बेल्जियमवासी नेपालीलाई संस्थाभित्र समेट्दै बृहत् एकता कायम गर्न एमआईएस प्रणालीमार्फत सदस्यता लिन आग्रह गरेको महासचिव शर्माले जानकारी दिइन्।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १०:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij