Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

दुई ट्रक एक आपसमा ठोकिँदा स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

दुई ट्रक एक आपसमा ठोकिँदा स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार


  • 1.4K
    Shares

    दुई  ट्रक एक आपसमा ठोकिँदा स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार
    images

    काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई ट्रक आपसमा ठोकिएका छन्। 

    एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक आइतबार साँझ आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुई ट्रक ठोकिँदा च्यापिएका एक चालकको ३ घण्टापछि उद्धार गरिएको छ।  स्टेरिङमा च्यापिका उनलाई ट्रकको झ्याल काटेर निकालिएको प्रहरीले जनाएको छ।

    दुर्घटनमा चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय ट्रक चालक अरुण श्रेष्ठ घाइत भएका हुन्। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले  उनको उद्धार गरेको हो। 
        
    हेटौँडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै ट्रक सडकको वायाँतर्फको साईडमा पल्टिएर दुर्घटना भएका थिए। दुर्घटनामा घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन्। 

    उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक सकुशल छन्। दुवै ट्रकमा चालकबाहेक अन्य यात्रु सवार नरहेका सशस्त्र प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १०:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij