२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी दिएको छ । प्रदेशसभा सचिवालयका अनुसार, बजेटमाथिको छलफल र त्यसपछि हुने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् । कांग्रेस सांसदको बजेट माथिको असन्तुष्टिका कारण संसदीय दलको बैठक नै प्रभावित भएको थियो ।
नेपाली कांग्रेसका सांसदहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष देखिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । जसमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको दाबी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij