Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सिरहा प्रादेशिक अस्पतालमा १० वर्षीय बालकको मृत्यु, अवस्था तनावग्रस्त

सिरहा प्रादेशिक अस्पतालमा १० वर्षीय बालकको मृत्यु, अवस्था तनावग्रस्त


  • 1.0K
    Shares

    सिरहा प्रादेशिक अस्पतालमा १० वर्षीय बालकको मृत्यु, अवस्था तनावग्रस्त
    images

    काठमाडौं ।  सिरहाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको छ।

    सिरहा नगरपालिका वडा नम्बर-६, बसबिट्टाका १० वर्षीय राजन महराको उपचारका क्रममा मृत्यु भएपछि विवाद सुरु भएको छ।

    आक्रोशित आफन्त र स्थानीयले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले दोषी चिकित्सकलाई तत्काल कारबाही गर्नुपर्ने माग राख्दै चक्काजाम समेत गरेका छन्। यातायात प्रभावित बनेको छ।

    परिवारका अनुसार, हिँड्दै अस्पताल आएका बालकको सामान्य उपचारका क्रममा मृत्यु हुनुले चिकित्सकको गम्भीर लापरबाही भएको उनीहरूको आरोप लगाएका छन् ।

    प्रदर्शनले उग्र रूप लिन सक्ने भन्दै अस्पताल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र पासवानले घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको र अवस्थालाई नियन्त्रणमा राख्ने प्रयास जारी रहेको जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १६:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij