Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कञ्चनपुर र प्युठानमा भारी वर्षाको चेतावनी, नवलपरासीमा पनि सतर्कता अपनाउन आग्रह

कञ्चनपुर र प्युठानमा भारी वर्षाको चेतावनी, नवलपरासीमा पनि सतर्कता अपनाउन आग्रह


  • 1.5K
    Shares

    • images
    कञ्चनपुर र प्युठानमा भारी वर्षाको चेतावनी, नवलपरासीमा पनि सतर्कता अपनाउन आग्रह

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कञ्चनपुर र प्युठानमा भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा महाशाखाले चेतावनी नै जारी गरेको छ ।

    कञ्चनपुरको हनुमान नगरस्थित केन्द्रले आइतबार ४ बजे गरेको मापनअनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा १२४.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सेउलीबाङ केन्द्रको मापनअनुसार प्युठानमा १५४.८ मिलिमिटर वर्षा भएको छ ।

    अर्घाखाँचीको राङसिङ केन्द्रको मापनअनुसार पछिल्लो २४ घण्टामा ११८.४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा नवलपरासी जिल्ला स्थित देउराली नवल वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने बिनै खोला लगायत स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनु हुनेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    आगामी २४ घण्टा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लगायत देशका पहाडी भू–भागहरूका धेरै स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १५:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij