२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक २६.५३ अंकले बढेर २,६२२ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको ५७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij