Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोबार ठप्प

व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोबार ठप्प


  • 1.2K
    Shares

    • images
    व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोबार ठप्प

    काठमाडौं । बजेटले सबै किसिमका सुनका गरगहनामा २ प्रतिशत विलासी कर थपेपछि व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले  आज आइतबार सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत विलम्व गरेर विरोध जनाएको छ । 

    सुनचाँदीको मुख्य कारोबार हुने स्थान न्यूरोडसहित उपत्यकाका अधिकांश सुनचाँदी पसल आइतबार पनि बन्द रहेका छन् । महासंघका अध्यक्ष अर्जुन रसायलीले आफूहरुका माग सम्बोधन नभएसम्म कारोबार ठप्प हुने जानकारी दिएका छन् ।

    कारोबार नै ठप्प भए पनि नयाँ मूल्य भने तय गरिने रसायलीले बताएका छन् । ‘नयाँ मूल्य केही बेरमै तय हुन्छ, तर माग सम्बोधन नभएसम्म विरोध कायमै रहन्छ’ उनले बताए ।

    सुनचाँदी व्यवसायी भन्छन्,  बजेटअघि १० लाखमाथिको सुनका गरगहना एकैपटक खरिद गर्दा मात्रै विलासी कर लाग्दथ्यो । त्यसो हुँदा एकै व्यक्ति तथा परिवारले १० लाखमुनि हुनेगरी धेरै पटक गरगहना खरिद गर्दथे । २ प्रतिशत विलासिता शुल्कले सुनको गरगहना ६ प्रतिशतसम्म महँगो पर्न जाने व्यवसायीको भनाइ  रहेको छ ।

    सरकारले बजेट संशोधनका क्रममा माग पूरा गर्ने आश्वासन दिए पनि सम्बोधन नगरेको भन्दै व्यवसायी आक्रोशित बनेका छन् ।

     

     

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १३:३३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij