Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

माबिलुङ इनर्जीले असार २२ बाट आइपीओ निष्काशन गर्दै

माबिलुङ इनर्जीले असार २२ बाट आइपीओ निष्काशन गर्दै


  • 1.2K
    Shares

    • images
    माबिलुङ इनर्जीले असार २२ बाट आइपीओ निष्काशन गर्दै

    काठमाडौं ।  माबिलुङ इनर्जीले असार २२ गतेबाट आइपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको छ। बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको जारी गर्ने अनुमति पाएको छ भने कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर बिक्री खुला गर्ने भएको छ।

    कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बिक्री खुला गर्ने भएको छ। 

    यो शेयरमा संखुवासभाको मादी नगरपालिकाको वडा नं.७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नं. २, ३, ७, ८, ९ का बासिन्दाले खरिद आवेदन दिन सक्ने छन्। स्थानीयले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र मादी–७ स्थित आयोजनाको पावरहाउसबाट आवेदन दिन सक्ने छन्।

    यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता शेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्ने छन्।

    यो आईपीओमा दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सकिने छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गते हुने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १०:२६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij