Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रपति पौडेल पनि धान रोपाइँमा भयो सहभागी

राष्ट्रपति पौडेल पनि धान रोपाइँमा भयो सहभागी


  • 1.3K
    Shares

    • images
    राष्ट्रपति पौडेल पनि धान रोपाइँमा  भयो  सहभागी

    काठमाडौं । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।

    राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल  सहभागी थिए । 

    रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र  नभएर व्यावसायिक  बनाउनुपर्ने बताए  । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । 

    उनले कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए  । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

    ramchandra-ropain_zi466ReRR5 (1).jpg

    3_ErSHhWGjGr.jpg

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १०:०१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij