Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखामा ७ बर्षीया बालिका घरभित्र झुण्डिएको अबस्थामा फेला, घटना शंकास्पद

गोरखामा ७ बर्षीया बालिका घरभित्र झुण्डिएको अबस्थामा फेला, घटना शंकास्पद


  • 4.4K
    Shares

    • images
    गोरखामा ७ बर्षीया बालिका घरभित्र झुण्डिएको अबस्थामा फेला, घटना शंकास्पद

    गोरखा । गोरखामा एक ७ बर्षीया बालिकाको शव आफ्नै घरभित्र झुण्डिएको अबस्थामा फेला परेको छ ।

    भिमसेनथापा गाउँपालिका १ मसेल, गैराथोककी सात बर्षकी संगीता बरामको शव आफ्नै घरभित्र छानोको डाँडाभाटामा नाम्लोको पाँशो लगाएर झुण्डिएको अबस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    केही समय अघिसम्म साथीहरुसंग खेलिरहेकी उनको शव घरभित्र झुण्डिरहेको अबस्थामा देखेपछि उनकै दाइ १० बर्षका सन्दीप बरामले चिच्याउँदा कान्छा हजुरबुबाले डोरी काटेर उद्धार गरेका थिए । तर उद्धार गर्दासम्म संगीताको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

    उनको शव शनिबार बिहानै पोस्टमार्टमका लागि गोरखा सदरमुकाम लगिएको थियो तर, घटना शंकास्पद भएकाले पोस्टमार्टम गर्न शिक्षण अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । संगीता स्थानीय कनकामना आधारभूत विद्यालयमा कक्षा चारमा पढ्ने बालिका हुन् ।

    केही समयअघिसम्म साथीसंगीहरुसंग खेलिरहेकी उनी अचानक झुण्डिएको अबस्थामा मृत फेला परेकाले घटना रहस्यमय भएको स्थानीयको भनाइ छ ।

    प्रकाशित मिति :आषाढ १४ २०८२ शनिवार - २०:१७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij