Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वीरगन्जमा कोरोना संक्रमण तीव्र : थप एक जनाको मृत्यु, १९३ जनामा संक्रमण पुष्टि

वीरगन्जमा कोरोना संक्रमण तीव्र : थप एक जनाको मृत्यु, १९३ जनामा संक्रमण पुष्टि


  • 5.8K
    Shares

    वीरगन्जमा कोरोना संक्रमण तीव्र :  थप एक जनाको मृत्यु,  १९३ जनामा संक्रमण पुष्टि

    वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणको क्रममा आज थप १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २८० जनाको स्वब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १९३ जनमा कोरोना संक्रमण पुष्टि भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

    संक्रमित पुष्टि हुनेहरुमा १३६ जना पुरुष र ५७ जना महिला रहेका छन् । संक्रमितमध्ये पर्सा जिल्लामा मात्रै १५१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

    उता, बारा जिल्लामा ३० जना, धनुषामा १, रौतहटमा ४, सर्लाहीमा ३ जना, बर्दियामा १, नवलपरासीमा १ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको उमेर समुह अढाई वर्ष देखि ७७ वर्षसम्म रहेको छ । उनीहरुको सिटी भ्यालू १३ दशमल्ब १ देखि ३५ दशमल्ब १ सम्म रहेका नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।

    त्यसैगरी आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज-९ की ७४ वर्षीया महिलाको नेशनल मेडिकल कलेजले संचालनमा ल्याएको बाबा होटलस्थित अस्थायी कोरोना अस्पतालमा हिजो साँझ साढे ५ बजे मृत्यु भएको डा. दासले बताउनुभयो । वैशाख १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - ०९:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij