२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेटिएको छ भने प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षामा समावेश गरिएको छ ।
बाल विकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढीको सञ्चालन गर्न नपाउनेगरी सहमति जुटेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij